२ कार्तिक २०८३, सोमबार

अमेरिकी सरुवा रोग विज्ञ डा.एन्थोनीले राजनीतिक चलखेल गरेको आरोप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १७ कात्तिक । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले देशका प्रमुख सरुवा रोग विज्ञ डा. एन्थोनी फाउचीमाथि चुनावको पूर्व सन्ध्यामा राजनीतिक चलखेल गरेको आरोप लगाएको छ ।

चुनावको केही दिन पूर्व कोरोना भाइरस महामारी बारे दिएको एक अन्तर्वार्तालाई लिएर ह्वाइट हाउसले डा. फाउचीको आलोचना गरेको हो ।

द वासिङ्गटन पोस्टसँगको सो अन्तर्वार्तामा डा. फाउचीले अमेरिकालाई महामारीबाट ठूलो चोट लागेको बताएका थिए ।

उनले कोरोना भाइरसको महामारीलार्य लिएर नोभेम्बर ३ मा हुने चुनावका लागि उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक प्रतिद्वन्द्धी जो बाइडेनको रणनीतिको तुलना पनि गरेका थिए सो अन्तर्वार्तामा ।

उनले राष्ट्रपति ट्रम्प भन्दा स्पष्ट रुपमा पूर्व उपराष्ट्रपति जो बाइडेन महामारीलाई लिएर गम्भीर देखिएको र उनका चुनावी कार्यक्रमले पनि त्यसलाई संकेत गर्ने बताएका थिए ।