६ मंसिर २०८३, आइतबार

पर्सा घटनामा संलग्न नेकपाका अर्का कार्यकर्ता पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साका कार्यकर्ता ३४ वर्षीय मुकेश चौरसिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ ।

साे घटनामा संलग्न भएकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ परिसकेकाे छ ।

विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलका ३२ वर्षीय निरंजन तिवारी उत्तमलाई प्रहरीले पक्राउ गरेको  जनाएकाे छ । पीडित परिवारले दिएको जाहेरीमा चौरसियालाई बाँसको भाटा प्रहार गर्नेमा तिवारीको नाम पनि छ।

आइतबार पक्राउ परेका उनलाई जिप्रका पर्सामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । नेकपाका दुई पक्षबीच भएको झडपमा चौरसिया घाइते भएलगत्तैदेखि उत्तम फरार रहेका थिए ।

लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार उत्तमलाई वीरगञ्ज महानगर वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

गत कात्तिक ६ गते विन्दवासिनी वडा नम्बर ५ प्रसौनी गाउँमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई सपथ खुवाउने कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो ।