२ कार्तिक २०८३, सोमबार

काेलकातासँग राजस्थान पराजित, अन्तिम चारकाे सम्भावना कायमै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १७ कात्तिक । आइपिएल २०२० को प्लेअफमा पुग्ने कोलकता नाइटराइडर्सले सम्भावना जीवितै राखेको छ ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकताले अन्तिम चारमा रहने सम्भावना कायमै राखेको हो ।

शनिबार दुबईमा भएको अन्तिम खेलमा जित हात पारेसँगै कोलकता १४ अंक जोडेर चौथो स्थानमा पुगेकाे छ । राजस्थानले भने १२ अंकसहित पुछारमा रहेर सिजन अन्त्य गर्न बाध्य भयो।

अन्तिम खेलअघि शीर्ष स्थानको मुम्बईले १८ अंक जोडेर शीर्ष दुईमा रहने पक्का गरिसकेको छ।