६ मंसिर २०८३, आइतबार

कांग्रेसका पदाधिकारीहरूकाे बैठक साेमबार बस्ने, विवाद समाधानकाे प्रयास हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ कात्तिक । पार्टीभित्रकाे विवाद समाधान गर्न नेपाली कांग्रेसकाे पदाधिकारीहरूकाे बैठक साेमबार बस्ने भएकाे छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केन्द्रीय सदस्यले राखेका असहमतिबारे पदाधिकारी बैठकमा छलफल हुनेछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । बैठकमा वरिष्ठ नेता पौडेललाई पनि बोलाइएको एक नेताले बताएका छन् ।

सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६ बुँदामा असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए ।

पौडेल पक्षका नेताको आइतबार भएको भर्चुअल बैठकले पनि आफूहरूले यसअघि राखेका १६ बुँदाको समाधान खोजिनुपर्ने एजेन्डालाई प्राथमिकताका साथ उठाउने निष्कर्ष निकालेका छन् ।