१ कार्तिक २०८३, आइतबार

थापासँग प्रधानमन्त्रीको छुट्टै भेट

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ कात्तिक । पुष्पकमल दाहाल निवास खुमलटारमा सचिवालय सदस्यको छलफलमा सहभागी गृहमन्त्री रामबहादुर थापासँग भने प्रधानमन्त्री केपी ओलीले अलग्गै छलफल गरेका छन् ।

खुमलटार पुगेर थापाले पार्टी बैठकबाटै समस्याको समाधान खोज्नुपर्ने र त्यसका लागि सबै पक्ष तयार हुनुपर्ने धारणा व्यक्त गरेको स्रोतले बताएको छ।

‘स्थायी समितिको निर्णय लागू गरौं। प्रधानमन्त्रीले बिगार्नुभएकै हो। तर, मन्त्रिमण्डल विस्तार ३ जनाको मात्रै अहिले भएको छ। नयाँ ढंगबाट पुनर्गठन गर्नुपर्छ। नियुक्तिमा राजदूत तीन जनाको मात्र भएको छ अरू बाँकी नै छ। संवैधानिक निकायको नियुक्ति बाँकी छ। त्यसकारण यताबाट पनि ठोस प्रस्ताव लैजानुपर्‍यो। स्थायी समितिले पनि ठोस प्रस्ताव सचिवालयमा दुई अध्यक्षले लाने भन्ने हो’, थापाले खुमलटार बैठकमा भनेका थिए ।

खुमलटार छलफलपछि थापालाई प्रधानमन्त्री ओलीले भेट्न बालुवाटार बोलाएका थिए। उनले प्रधानमन्त्री ओलीसँग पनि एक्लै भेटवार्ता गरेका थिए।

के गर्न खोजिएको हो भनेर सोधेको हुँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनको अवस्था नआएको र आफूले त्यस आशयको कुरा नगरेको प्रतिक्रिया दिएका छन्। ललितपुरको एक कार्यक्रमपछि आइतबार पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफूले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई निरन्तरका बैठकबारे जिज्ञासासम्म राखेको बताए।

‘उहाँहरूका एक खालका मिटिङ लगातार चलिरहेका हुनाले यो के गर्न खोजिएको हो, के भइरहेको छ भनेर मैले सोधेको थिएँ’, प्रधानमन्त्रीले भने, ‘उहाँले छलफल भएको थियो, त्यस्तो केही होइन भन्नुभयो।’ अन्नपूर्ण पाेस्ट दैनिकमा रामकृष्ण अधिकारीले समाचार लेखेका छन् ।