८ कार्तिक २०८३, आइतबार

कोरोनाको उपचारका लागि धरौटी नलिन अस्पतालहरुलाई सरकारको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । सरकारले कोरोना संक्रमितको उपचारका लागि सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिन निर्देशन दिएको छ ।

विभिन्न सरकारी अस्पतालले सरकारको निर्देशन भन्दै धरौटी रकम लिने सूचना जारी गरेपछि सरकारले धरौटी नलिन निर्देशन दिएको छ । सरकारी अस्पतालहरुले कोरोनाको उपचारका लागि धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशित गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टीकरण समेत सोधिएको छ ।

सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।