
काठमाडौँ, १६ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ६ सय २० जनाले कोरोना जितेका छन् ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय २० जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।
यससँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ सय ६० जना पुगेको छ ।















प्रतिक्रिया