१ कार्तिक २०८३, आइतबार

मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री गर्दै नेपाल फाइनान्स

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । नेपाल फाइनान्स कम्पनी लिमिटेडले आगामी मंसिर ४ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्ने भएको छ ।

कम्पनीले चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । यसअनुसार फाइनान्सले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद जारी गर्ने छ ।

हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरिसकेको छ भने विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्ने छ ।