८ कार्तिक २०८३, आइतबार

पहिले कोरोना देखिएका कर्मचारीलाई पिसिआर रिपोर्ट देखाउन त्रिविको आग्रह

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीलाई हाजिर हुनु पूर्व पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य माग गरेको छ ।

त्रिवि रेक्टर कार्यालयले कोरोना संक्रमित कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन भनेको हो ।

त्रिवि रेक्टर कार्यालय अन्तर्गत अनुसन्धान निर्देशनालयले आइतबार कार्यालय पुगेका कर्मचारीलाई पिसिआरको रिपोर्ट माग गर्दै हाजिर गर्न नदिएको हो ।

यद्यपि कार्यालयले भने पहिले कोरोना संक्रमण देखिएका कर्मचारीका हकमा मात्रै कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन आग्रह गरिएको बताएको छ ।