१ कार्तिक २०८३, आइतबार

टिकट काउन्टरमै कुटिए कांग्रेसका क्रियाशील सदस्य परियार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम (पश्चिम), १६ कात्तिक । नेपाली कांग्रेसका क्रियाशील सदस्य बलवीर परियार कार्यस्थलमै कुटिएका छन् ।

रुकुम (पश्चिम) आठबीसकोट नगरपालिका–८ का परियार आठबीसकोट–९ राडी बजारस्थित सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिको काउन्टरमा शनिबार कुटिएका हुन् ।

आइतबार कांग्रेसको केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी घटनामा संलग्नहरु नेपाल कम्युनिष्ट पार्टी (नकपा) निकट युवा संघका सदस्य रवि बुढालगायतको समूह भएको दाबी गरेको छ ।

‘हिजो कात्तिक १५ गते बिहान ५ बजे काउण्टरमा काम गर्दै गरेको अवस्थामा नेकपा निकट युवा संघका सदस्य रवि बुढाको नेतृत्वमा आएको करीब १० जनाको समूहले खुकुरी, रड जस्ता धारिला हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सृजना गर्ने यस घटनामा संलग्न युवा संघका आपराधिक मनोवृत्तिका उच्छृङ्खल व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारबाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग समेत गरेको छ ।