
काठमाडौं, १६ कात्तिक । कोरोना भाइरस संक्रमित नेपाली कांग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य मेदनी महतो धानुक (मदन मण्डल) को मृत्यु भएको छ ।
बारा आदर्शकोटवाल गाउँपालिका–५ टेढाकटीका ४५ वर्षीय मण्डललाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गर्दा आइतबार बिहान मृत्यु भएको नेपाली कांग्रेस बाराले जानकारी दिएको छ ।
केहि दिनदेखि श्वासप्रश्वासको समस्या देखिएका उनलाई नारायणी अस्पतालमा शनिबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।















प्रतिक्रिया