काठमाडौं, १६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् ।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा पाैडेलको रिपोर्ट नेगेटिभ आएको हो ।
मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएअनुसार उनको अहिले स्वास्थ्य राम्रो छ ।
उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनलाई थप उपचारको लागि हेलिकप्टरमार्फत सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।











प्रतिक्रिया