
काठमाडौं, १६ कात्तिक । कोरोना संक्रमण पुष्टि भएका नेपाली कांग्रेसका नेता मिन विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ ।
कोरोना संक्रमणसँगै निमोनियाले समेत ग्रसित नेता विश्वकर्मालाई शनिबार साँझदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको हो । ग्राण्डी अस्पतालको आइसीयूमा उपचाररत विश्वकर्मालाई शनिबारदेखि सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पतालले बताएको छ ।
गत कात्तिक १ गते विश्वकर्मालाई कोरोना पुष्टि भएको थियो ।
त्यसपछि केहि दिन होम आइसोलेसनमा बसेका उनलाई पहिले वीर र त्यसपछि ग्राण्डी अस्पतालमा उपचार गरिएको हो ।















प्रतिक्रिया