१ कार्तिक २०८३, आइतबार

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर–१ का ६० वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर–१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

ती वृद्धको शनिबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो ।