इंग्ल्याण्ड, १६ कात्तिक । इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।
स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः लकडाउन घोषणा गर्नु परेको उनले बताएका छन् ।
यो वर्षको क्रिसमस ‘अति भिन्न’ हुन सक्ने बताउँदै प्रधानमन्त्री जोन्सनले अहिलेदेखि नै प्रयास सुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गरेका छन् ।
पब, रेस्टुरेन्ट, जिम तथा अरु अत्यावश्यक बाहेकका पसलहरु आउँदो बिहीबारदेखि चार हप्ताका लागि बन्द हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् । तर यो पटकको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला हुने छन् ।
महामारीको पहिलो लहरका बेला लागू भएको लकडाउनमा शैक्षिक संस्था पनि बन्द भएका थिए । डिसेम्बर २ पछि अहिले लागू भएका प्रतिबन्धहरू फुकुवा हुने उनले बताएका छन् ।















प्रतिक्रिया