
काठमाडौँ, १५ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ३ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमितमध्ये ५ सय ६९ जना महिला र ७ सय ८८ जना पुरुष रहेका छन् ।
हाल काठमाडौँमा १६ हजार ८ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, भक्तपुरमा १ हजार १ सय ५१ सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा २ हजार ३ सय ३ जना रहेका मन्त्रालयले जनाएको छ ।
देशभर शनिबार थप २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ९ सय ३७ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया