८ कार्तिक २०८३, आइतबार

३ लाख ३२ हजारसहित महोत्तरीमा ३ जना जुवाडे पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

महोत्तरी, १५ कात्तिक । महोत्तरीमा जुवा खेलिरहेको अवस्थामा ३ लाख ३२ हजारसहित ३ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिसवा नगरपालिका ७ का विनोदकुमार साह, सरोजकुमार साह र सन्तोषकुमार साह रहेका छन् ।

उनीहरुलाई प्रहरीले आज विहान ४ बजे जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मनरासिसवा नगरपालिका ६ बाँसघारीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

अन्य दुईजना भने फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।