काठमाडौँ, ८ चैत । लोकसेवा आयोगका पदाधिकारीको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
संसदीय विशेष सुनुवाइ समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज बसेको बैठकले सदस्य कृष्णचन्द्र झालाई बहुमत र अन्य छ जना पदाधिकारीलाई सर्वसम्मत सहित अनुमोदन गरेको हो ।
संवैधानिक परिषद्को केही दिनअघिको बैठकले आयोगको अध्यक्षमा उमेश मैनाली र सदस्यमा गोविन्द कुसुम, बृन्दा हाडा (भट्टराई), कृष्णचन्द झा, श्रीपुरुष ढकाल, अशोककुमार झा र बम्हदेव रायलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।
राष्ट्रपति डा रामवरण यादवले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएका आयोगका पदाधिकारीलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२५ (२) बमोजिम नियुक्त गर्नुहुनेछ । उक्त संविधानअनुसार आयोगका अध्यक्ष एवम् सदस्यको पदावधि छ वर्षको हुनेछ ।
समितिको आजैको बैठकले यही चैत १५ गते हुने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका आयुक्तहरूको सुनुवाइ सुरु गर्ने निर्णय पनि गरेको छ ।













प्रतिक्रिया