१ कार्तिक २०८३, आइतबार

भारतमा कोरोना संक्रमतिको संख्या ८१ लाख नाघ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार १२० जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३० हजार ९११ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ८३ हजार ५७४ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५५० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।