२ कार्तिक २०८३, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर शाक्यकी छोरीले दिइन ‘प्जाज्मा दान’

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् ।

केही समयअघि कोरोनामुक्त भई स्वस्थ बनेका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुण्य काममा सहयोग गर्न अपिल गरेका छन् ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं’, शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए ।

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौं महानगरपालिका–४ की ७६ वर्षीया महिलाको उपचार भइरहेको छ ।

काठमाडौं उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधि त्यही हुन्छ’, शाक्यले भने ।

अहिले काठमाडौं महानगरपालिकाका विभिन्न वडामार्फत संक्रिमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आयुर्वेदिक औषधिलगायत सामग्री लिएर जनप्रतिनिधि होम आइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको उनको भनाइ छ ।