२ कार्तिक २०८३, सोमबार

उद्यमशीलतासम्बन्धी टक सिरिज आज दिउँसो आयोजना गरिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलतासम्बन्धी टक सिरिज आज शनिबार दिउँसो आयोजना हुने भएको छ ।

उद्यमी टक सिरिजको यो पाँचौंँ श्रृङ्खला हो । ‘ब्राण्डिङ यो प्रोडक्ट’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि सेलिब्रेटी अतिथिको रुपमा नेट्फिल्क्स्को वृत्तचित्रमा फिचर भएका डेविड क्यारोल, एक लोकप्रिय पाकिस्तानी मोमिन सकिब, मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप नभेली देस्मुखको साथै इशा फाउण्डेशनका एक योगी स्वयंसेवकको उपस्थित हुने बताइएको छ ।

डेविड क्यारोल पार्सनस् स्कुल अफ डिजाइन्सका सहप्राध्यापक जसले काम्विृज् आनालाइटिकालाई आफ्नो डाटा पाउन मुद्दा हालेका थिए जसले गर्दा उनी विश्वव्यापी प्रख्यात भएका थिए । उनी नेट्फिल्क्स्को ‘द र्गेट ह्याक’ नामक वृत्तचित्रमा पनि फिचर भएका छन् ।

यस्तै पाँचौं श्रृङ्खलामा मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप विजेता, मोडल नभेली देस्मुख सेलिब्रेटी पाहुनाको रुपमा उपस्थित हुने आयोजकको भनाइ छ ।

यस श्रृङ्खलामा मोमिन सकिब नामक एक सक्रिय मोटिभेस्नल वत्ता तथा एक्टिभिस्ट हुन् । उनको ‘जज्वात बदल्दिया, मारो भाइ मारो’ एकदमै भाइरल भएको थियो ।

कार्यक्रममा वक्ताहरुले प्रोडक्टको ब्राण्डिङ गर्ने विषयमा आफ्नो धारणा, ज्ञान र अनुभव साट्ने छन् भने कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्ने छन् ।

कार्यक्रममा इशा फाउण्डेशनका एक योगी स्वयंसेवक गुरूद्वारा सहभागीहरूलाई साधारण तथा प्रभावकारी योगा पनि सिकाउने प्रबन्ध मिलाइएको छ ।

आज शनिबार दिउँसो २ देखि ५ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहानेहरुले तलका लिङ्कमा गएर दर्ता गर्नुपर्ने छ ।

Form Link: https://forms.gle/fZjSqwao5j4ZH7Yr8
Hult at IOE Facebook Page: https://www.facebook.com/HultatIOE