
काठमाडौँ, १४ कात्तिक । कोरोनाभाइरस संक्रमणबाट चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ ।
वस्तीको ५९ वर्षको उमेरमा शुक्रबार विहान मृत्यु भएको हो ।
भरतपुर १०, दुरसंचार रोड निवासी वस्ती प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित थिए । उनी काठमाडौँमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गराइरहेका थिए । उनलाई एक हप्ता अघि कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । नेपाल बार असोसियसन चितवनका सदस्य समेत रहेका वस्तीका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।















प्रतिक्रिया