८ कार्तिक २०८३, आइतबार

स्करपियो दुर्घटनामा हुँदा धादिङमा ५ घाइते

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १४ कात्तिक । बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।

यसैबीच, चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो । –रासस