१४ कार्तिक २०८३, शनिबार

सुजाता कोइराला भन्छिन्–‘भगवान आएर पनि मलाई रोक्न सक्दैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koiralaसिरहा, ८ चैत । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सुजाता कोइरालाले आशन्न महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

सिरहाको लहानमा नेपाल प्रेस युनियनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले आफू सभापति पदमा उम्मेदवारी दिने तयारीमा रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि छिट्टै महाधिवेशन आयोजना हुँदैछ ।

उहाँले भन्नुभयो- “सुुशील कोइरालाले सभापतिमा फेरि उम्मेदवारी दिए समर्थन जनाउँदै पदाधिकारीमा उम्मेदवारी दिन्छु ।” सुुशील कोइरालाले उम्मेदवारी नदिए भगवान् आएर भने पनि आफू सभापतिमा उम्मेदवारी दिनबाट पछि नहट्ने उहाँले बताउनुभयो ।

उहाँले एमाओवादी र मधेसवादी दलले संविधान जारी गर्न नदिएको आरोप लगाउनुभयो । एमाओवादी र मधेसवादी दलले सहमति पनि गर्न नचाहेको र प्रक्रियामा जान पनि डराएकाले संविधान निर्माण कार्य ठप्प भएको उहाँको विश्लेषण छ ।

उहाँले भन्नुभयो- “सहमतिका लागि हामी लचिलो भएकै छौँ । एमाओवादी र मधेसवादी दलहरु लचिलो भएका छैनन् । अब पनि लचिलो नभए प्रक्रियामा गएर भए पनि संविधान निर्माण कार्य अघि बढ्छ । यो प्रजातान्त्रिक विधिलाई कसैले गलत भन्न सक्दैन ।”

संविधान जारी गर्न नसके देशमा राजनीतिक अस्थिरता पैदा हुने र देशको विकास हुन नसक्ने उहाँको भनाइ थियो ।