
काठमाडौँ, १४ कात्तिक । पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार एक जनाको अस्पताल र अर्काको होम आइसोलेसनमा मृत्यु भएको जनाइएको छ ।
स्याङ्जा वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा मृत्यु भएको हो ।
उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । अस्पतालमा उपचाररत उनको शुक्रबार विहान मृत्यु भएको हो ।
त्यस्तै, अर्का पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक १२ मा कोरोना पुष्टि भएको उनको शुक्रबार बिहान होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।















प्रतिक्रिया