
काठमाडौँ, १४ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ८ सय ८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ८१ जना महिला र १ हजार १ सय ७ जना पुरूषमा संक्रमण पुष्टि भएको जनाएको छ ।
काठमाडौँमा १६ हजार २ सय ४२ जना संक्रिय संक्रमित छन् ।
त्यस्तै, भक्तपुरमा १ हजार १ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, ललितपुरमा २ हजार ३ सय ४५ जना संक्रिय संक्रमित रहेका छन् ।
देशभर वुधबार थप ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ९ सय २० जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया