१ कार्तिक २०८३, आइतबार

मोफसलबाट मोडलिङमा डेब्यु गर्दै आर्या श्रीवास्तव

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । पछिल्लो समयमा म्यूजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् ।

दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन् । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन । त्यसमा एक प्रतिनिधि बनेकी छिन् प्रदेश न २ घर भई हाल काठमाडौंमा बस्दै आएकी आर्या श्रीवास्तव ।

१६ वर्षीया आर्या श्रीवास्तव मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । विभिन्न स्टेज कार्यक्रमहरुमा मोडलिङ गर्दै आएकी श्रीवास्तव आफू रहरले नभएर सफल कलाकार बन्ने महान सपना पूरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् ।

आर्याले उत्साहित हुदै भनिन्, ‘मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पूरा गर्न म मोडलिङमा आएकी हुँ ।’

मेहनत गरे अनुसार सफलता पाउनेमा आफू निकै आशावादी रहेको बताउँदै आर्याले भनिन, ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ, सबैको सुझाव र प्रेरणाका साथ एक दिन सफल हुने विश्वास लिएकी छु ।’

विभिन्न स्टेज कार्यक्रम गर्दै आएकी आर्यालाई छोटो समयमै सफलता पनि मिलेको छ । ‘सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम बनाउन चाहन्थेँ’, उनले भनिन् । आफ्नो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र साहसका साथ अगाडि बढिरहने उनी बताउछिन् ।

परिवारको राम्रै सपोर्ट पाएकी उनले परिवारको माया र हौसलाले आफू उत्साहित भएको समेत बताइन् । उमेर १६ वर्ष पार गरेकी आर्या एकअर्काको भावना बुझ्नु, सुख दुःखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफूलाई राम्रो नलाग्ने उनी बताउछिन् ।