
काठामाडौँ, १४ कात्तिक । चन्द्रागिरीबाट तास खेलिरहेका १० जनालाई १ लाख ३३ हजार बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका ४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले प्रक्राउ गरेको हो ।
गोपालीको घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ















प्रतिक्रिया