
काठमाडौं, १४ कात्तिक । गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गीत ‘ओक्कल दोक्कल’को म्यूजिक भिडियो युट्युब नं. १ ट्रेण्डिङमा परेको छ ।
गायक सन्दिप न्यौपानेको शब्द तथा गोबिन्द मधुर आचार्यको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोलाई छायाँकार पवन सुसलिङले छायांकन गरेका हुन् भने सरोज अधिकारिले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा जुनियर कार्टुन क्रुलाई फिचर्ड गरिएको छ ।
भिडियो सार्वजनिक भएको छोटो समयमा लाखौं दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन् । नेपालदेखि विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैं व्यस्त रहने गायिका लकडाउनमा समेत दर्जनौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहिन् ।
दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा र गायक सन्दिप न्यौपाने पछिल्लो समय चर्चामा रहेका छन् । बालापनको यादलाई ताजा गराउँदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका थिए ।
हेर्नुहोस भिडियो–
















प्रतिक्रिया