
तनहुँ, १४ कात्तिक । व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम मेशिन तोडफोड गर्दै गरेको अवस्थामा पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
उनको साथबाट नियन्त्रित लागूऔषध १३५ ट्याब्लेट नाईट्राभेट पनि बरामद गरिएको प्रहरीले बताएको छ ।
बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटीएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र उनले प्रयोग गरेको ग. ११ प ९९६५ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
बानियाँउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।















प्रतिक्रिया