
काठमाडौं, १४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
अर्को साता (कात्तिक २१ गते) का लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न उनले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।
यो बैठकमा पार्टीभित्र असन्तुष्ट रहँदै आएको रामचन्द्र पौडेल पक्षको मागका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया