१ कार्तिक २०८३, आइतबार

हतियारसहित एक जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १४ कात्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट हतियारसहित १ जनापक्राउ परेका छन् ।

स्थानीय २३ वर्षीय टुमासिंह यादवलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाको साथबाट गोली लोड गरेको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

सुराकीका आधारमा घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारेपछि यादवलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको आरोप छ । स्थानीयको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।

उनको साथमा हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताए ।