१ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमित सांसद आईसीयूमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, १४ कात्तिक । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणि पराजुलीलाई आईसीयूमा भर्ना गरिएको छ ।

संक्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका सांसद पराजुलीको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि सोमबार बिराट मेडिकल कलेज लगिएको थियो ।

सोमबारयता अस्पतालमा उपचाररत उनलाई बिहीबार मोरङको बुढीगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको हो ।

नेकपाका नेतासमेत रहेका सांसद पराजुलीसहित उनका सवारी चालकमा कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।