८ कार्तिक २०८३, आइतबार

सिस्नु पानी देउसी कार्यक्रम स्थगित

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ कात्तिक । सिस्नु पानीले यस वर्षको देउसी भैले कार्यक्रम नगर्ने भएको छ ।

संस्थाका महासचिव टङ्कराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै अहिले विश्व कोरोना महामारीको चपेटामा परेकोले नचाहँदा नचाहँदै देउसी कार्यक्रम स्थगित गर्नुपरेको बताएका छन् ।

विज्ञप्तिमा कोरोना संक्रमितहरुको स्वास्थ्य लाभको तथा मृतकहरुमा श्रद्धाञ्जली पनि अर्पण गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि हामीलाई कोरोनाले दिनप्रतिदिन लपेट्दै लगेको छ । भोलि यस महामारीले हामी जो कसैलाई समाउन सक्ने सम्भावना पनि रहेकै छ । यसैबिच यस संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे र उपाध्यक्ष मनोज गजुरेल परिवारका सदस्यहरूसहित कोरोना संक्रमित भई उपचाररत रहनुभएको छ । हामी उहाँहरूलगायत समस्त कोरोना संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस महामारीको चपेटामा परेर ज्यान गुमाउने सम्पूर्ण विश्वनागरिकहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौँ ।’

त्यस्तै, विज्ञप्तिमा उल्लेख छ, ‘यसै परिप्रेक्षमा समयको प्रतिकूलतका कारण हाम्रो संस्थाका गतिविधिहरू पनि प्रायः ठप्प रहेका छन् । हामी एकापसमा भेटघाट गर्न सकिरहेका छैनौँ । अध्यक्ष र उपाध्यक्ष एकान्तमा बस्नु परेपछि भर्चुअल माध्यमबाट कुनै कार्यक्रम सन्चालन गर्न पनि अप्ठ्यारो परिस्थिति उत्पन्न भएको छ । अतः हाम्रा लाखौंँ समर्थक शुभेच्छुक, दर्शक, श्रोताहरूको माग र चाहना हुँदाहुँदै पनि हामी यो वर्षको सिस्नुपानी देउसी कार्यक्रम २०७७ आयोजना गर्न असमर्थ भएको जानकारी गराउँदछौँ ।’

विगत २३ वर्षदेखि निरन्तर गरिँदै आएको कार्यक्रम कोरोना महामारीले गर्दा स्थगित गर्नुपर्दा दुःख लागेको महासचिव आचार्यले जनाए ।