
काठमाडौँ, १३ कात्तिक । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
टाउको दुखेपछि दाहालले स्वाब परीक्षण गर्न दिएकामा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो ।
गृह मन्त्रालयले उनमा संक्रमण देखिएको पुष्टि गरेको छ ।
दाहाल दम्पतीलाई नै संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण नदेखिएको हाल स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।















प्रतिक्रिया