८ कार्तिक २०८३, आइतबार

आगलागीबाट एक घाइते, ४ लाख बराबरको धनमाल नष्ट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धादिङ, १३ कात्तिक । धुनिबेशी नगरपालिका ६ थाक्रेस्थित थाक्रे गाउँपालिका १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीमा परेर राम कुमारकी ३५ वर्षीया श्रीमती मिरा श्रेष्ठ घाइते भएकीले शिवदर्शन धार्के अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर अस्पताल काठामाडौंतर्फ लगिएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।