१ कार्तिक २०८३, आइतबार

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसमक्ष आग्रह गरेको छ ।

त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै उद्धार गर्न आग्रह गरेको जनाएको छ ।

‘नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन् । जो जहाँ पढिरहेका छन् सुरक्षित र निभिीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो’, बिहीबार पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि बहानामा संसारमा कहिँ पनि कोही एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोही पनि नेपाली नागरिक दुरव्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसको भनाइ छ ।

‘देहरादुनमा विजया दशमीकै दिन दर्जनौं नेपाली विद्यार्थीहरुमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि पनि सरकार समक्ष कांग्रेसले माग गरेको छ ।