१ कार्तिक २०८३, आइतबार

सञ्चारकर्मी रवि लामिछाने दम्पतीमा कोरोना संक्रमण पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा उनले आफ्नै लापारबाहीले संक्रमण भएको हुन सक्ने बताएका छन् ।

गत मंगलबार रातिबाट सामान्य ज्वरो आएपछि बुधबार गरिएको स्वाब परीक्षणबाट आफूहरुमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिएका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन । तर, घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं’, रविले आफ्नो फेसबुकमा लेखेका छन् ।