८ कार्तिक २०८३, आइतबार

वुधबार कहाँ कति थपिए कोरोना संक्रमित ?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । नेपालमा वुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ५४ जना नयाँ संक्रमित थपिएका जानकारी दिए ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौँ उपत्यकामा ८४३ जना रहेका छन् । जसमध्ये काठमाडौँका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

मन्त्रालयका अनुसार मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११/११ जना, उदयपुर र तनहुँका १०/१० जना, सोलुखुम्बु र सिराहाका ९/९ जना तथा धनुषा र काभ्रेका ८/८ जना संक्रमित थपिएका छन् ।

यस्तै रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६/६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४/४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३/३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २/२ तथा ओखलढुंगा, भोजपुर, पर्वच, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १र१ जनामा संक्रमण पुष्टि एको मन्त्रालयले जनाएको छ