८ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । काठमाडौँ उपत्यकामा थप ८ सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय ९६, ललितपुरमा १ सय १८ र भक्तपुरमा २९ गरी उपत्यकामा ८ सय ४३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

देशभर वुधबार थप १ हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।