८ कार्तिक २०८३, आइतबार

मुस्ताङमा समुदायस्तरमै पहिलोपटक देखियो कोरोना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । मुस्ताङमा पहिलोपटक समुदायस्तरमा कोरोनाभाइरस संक्रमण फैलिएको पाइएको छ ।

घरपझोङ गाउँपालिका ४ जोमसोम बस्ने एक ३८ वर्षीया महिलामा वुधबार कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल जोमसोमका अनुसार कात्तिक ३ गते ७ जनाको स्वाब परीक्षणका लागि क्षयरोग परीक्षण केन्द्र पोखरा पठाइएको थियो ।

संक्रमण देखिएको महिलाको स्वास्थ्य सामान्य रहेको र उनी होम आइसोलेसनमा रहेकी बताइएको छ । ति महिला जिल्ला छोडेर कहीँ कतै नगएको चिकित्सकहरुले बताएका छन् ।

अस्पतालका अनुसार जिल्लामा समुदायस्तरमा कोरोनाभाइरस देखिएको यो पहिलो घटना हो । जिल्लाभन्दा बाहिर नगएकी उनमा कोरोना देखिएपछि जोमसोमको जनहित माध्यमिक विद्यालय ३ दिनसम्म बन्द गरिएको छ ।