
काठमाडौँ, १२ कात्तिक । रुपन्देही र पाल्पाका एक एक गरी थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ की ७१ वर्षीया र पाल्पाको तानसेन नगरपालिका २ का ६० वर्षीय पुरुष रहेका छन् । तिलोत्तमाकी महिलाको बुधबार बिहान साढे ११ बजे र तानसेनका पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो ।
७१ वर्षीया महिलामा असोज ६ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालको भर्ना भएकी थिइन् ।
अस्पतालका अनुसार उनको आईसीयूमा उपचार हुँदै गर्दा मृत्यु भएको हो ।
मृतक महिला क्यान्सरको पीडित थिइन् ।
तानसेनका पुरुष भने ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका थिए ।
उनको पनि मंगलबार राती नै मृत्यु भएपनि वुधबार मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।















प्रतिक्रिया