८ कार्तिक २०८३, आइतबार

नेकपा केन्द्रीय कमिटी बैठक एक महिनापछि बस्ने, नयाँ मिति तय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठक तयारी नपुगेको भन्दै एक महिनापछि सारिएको छ ।

कात्तिक १५ देखि १७ गतेसम्म तय गरिएको बैठक एक महिनापछिका लागि सारिएको पार्टीले जनाएको छ ।

वुधबार नेकपा कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित बैठक मंसिर १५ देखि १७ गतेसम्म बस्नेगरी स्थगित गरिएको जनाइएको छ ।

कोरोना महामारीका कारण पनि बैठक सारिएको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ’, विज्ञप्तिमा उल्लेख छ ।

बैठकको नयाँ मिति अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर तय गरिएको बताइएको छ ।