८ कार्तिक २०८३, आइतबार

दसैँमा बन्द सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु खुले

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । दसैँ विदा सकिएसँगै बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्थाहरु आजदेखि खुलेका छन् ।

सप्तमी अर्थात् कात्तिक ७ गतेदेखि ११ गतेसम्म दसैँ विदा रहेको थियो । दसैँ मनाउन गाउँ पुगेकाहरु पनि फर्किन थालेका छन् । यद्यपि कोरोना संक्रमण जोखिमका कारण यसपालीको दसैँमा चहलपहल प्राय शुन्य थियो ।

यता दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ ।

टाढा टाढाका आफन्तसँग आशीर्वाद ग्रहण कार्यक्रम कोजाग्रत पुर्णीमासम्म जारी रहन्छ ।