
काठमाडौँ, १२ कात्तिक । सप्तरीको बरमझियामा वुधबार बिहान बाटो काट्ने क्रममा कारले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बरमझियामा भएको दुर्घटनामा सप्तरीको कंचनरुप नगरपालिका २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेतको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
वृद्धलाई पूर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्कर दिएर भाग्न खोज्ने कारलाई प्रहरीले पक्राउ गरेको छ ।















प्रतिक्रिया