६ मंसिर २०८३, आइतबार

कोरोनाबाट नेकपा नेताको आज निधन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ११ कात्तिक । कोरोना संक्रमणका कारण नेकपाका नेता मानपुर चौधरीको आज निधन भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ५५ बर्षीय चौधरीको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज निधन भएको हो । उनी संबिधानसभा सदस्य हुन्

उच्च ज्वरोबाट पीडित चौधरीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि गत असोज तेश्रो साता उपचारका लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित बिराटनगरबाट उनलाई घर ल्याए पनि पुनः बिरामी भएपश्चात गत कार्तिक २ गते उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा उपचार हुँदाहुँदै आज निधन भएको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त मिश्रले जानकारी दिए । चौधरी गत २०७० सालको दोश्रो संबिधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।