८ कार्तिक २०८३, आइतबार

मकवानपुरमा थपिए ३० कोरोना संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । मकवानपुरमा सोमबार थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमा अधिकांश हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रर्वद्धन शाखा गोरक्षेश्वर कोभिड–१९ स्वाब संकलन केन्द्रले थप ३० जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

केन्द्रका अनुसार विहान ६ जना र दिउँसो २४ जनामा संक्रमण देखिएको हो । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार हेटौँडा उपमहानगरपालिकाका २२ जना संक्रमित भएका छन् भने मनहरी गाउँपालिकाको १ जना र मनहरी गाउँपालिकाको ४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।