
काठमाडौँ, १० कात्तिक । यस वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको दिन टीका लगाएनन् ।
उनका बुबा मोहनप्रसाद ओली झापामा रहेकाले उनले टीका लगाउन नपाएका हुन् ।
सोमबार प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन् । बालुवाटार स्रोतका अनुसार त्यसबाहेक अन्य केही टीकाको कार्यक्रम त्यहाँ नभएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दा घरमै पारिवारिका वातारणमा दसैँ मनाउन आग्रह गरेका थिए । त्यसैअनुसार बालुवाटारमा पनि सार्वजनिक रुपमा टीकाको कार्यक्रम नराखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाए ।















प्रतिक्रिया