८ कार्तिक २०८३, आइतबार

इलाममा पोखरीमा डुबेर एकको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

इलाम, १० कात्तिक । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देउमाई नगरपालिका–३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्किएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए ।

घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस