८ कार्तिक २०८३, आइतबार

पर्सा घटनामा संलग्न जोसुकै भएपनि कारवाही गर्न प्रचण्डको माग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सामा भएको कार्यकर्ता हत्या प्रकरणमा संलग्नलाई कारवाहीको माग गरेका छन् ।

उनले आइतबार एक विज्ञप्ति जारी गर्दै पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

विन्दवासिनी पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा झडपमा घाइत चौरासियाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्सर्ना गर्दै चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको थियो । पार्टीको कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले दोषी जोसुकै भएपनि कारवाहीको दायरामा ल्याउन जोडदार माग गरेका हुन् ।

विज्ञप्ति भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’